Girl in a jacket

शिवसताक्षीमा फुटबल : वडा नम्बर १० लाई हराउँदै ११ फाइनल प्रवेश

मन्जिल नेपाल दुधे / शिवसताक्षी नगरपालिका वडा नम्बर ११ यहाँ जारी वडा स्तरीय नकआउट फुटवल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

वडा नम्बर १० लाई सेमिफाईनलको अन्तिम खेलमा २-१ गोल अन्तरले हराउँदै वडा नम्बर ११ ले फाईनल यात्रा तय गरेको हो । यो जीत संगै वडा नम्बर ११ ले प्रतियोगिताको कम्तिमा दोश्रो उपाधी पक्का गरेको छ । अव उपाधीका लागि १५ गते वडा नम्बर ८ संग वडा नम्बर ११ ले सामना गर्ने छ ।

पहिलो हाफको ३ मिनेटमा आकास पौडेलको क्रसपासमा अजेस राईले गोलको खाता खोलेका थिए । १-० को अग्रता लिएपछि मैदानमा झन आक्रामक बनेको वडा नम्बर ११ ले सोही हाफको २६ औ मिनेटमा पुन दोश्रो गोल गरेर जीत निश्चित जस्तै बनाएको थियो । देव मल्लिकको पासमा अजेस राईले दोश्रो गोल गर्दे वडा नम्बर ११ लाई २-० को अग्रता दिलाए ।

पहिलो हाफमा २-० ले अघि बढेको वडा नम्बर ११ लाई दोश्रो हाफमा जीत निकाल्न सहज थियो । तर, खेलको ५९ मिनेटमा वडा नम्बर ११ का खेलाडीको डिवक्स भित्र हेण्ड भएपछि पाएको पेनाल्टीमा वडा नम्बर १० ले गोल गरेर गोल अन्तर १-२ मा झार्यो । वडा नम्बर १० का लागि आषिस सेन्च्युरीले गोल गरेका थिए ।

वडा नम्बर १० ले दोश्रो हाफमा निक्कै आक्रामक खेल खलेपनि वडा नम्बर ११ का खेलाडीले पहिलो हाफकै रक्षात्मक खेललाई कायम राखेकाले वडा नम्बर १० को गोल गर्ने रणनीति बदल्न दिएनन् । वडा नम्बर ११ मैदानमा हावी हुँदा वडा नम्बर १० सेमिफाइनलबाटै वाहिरिनु पर्यो ।

खेलको म्यान अफ दी म्याच वडा नम्बर ११ का दुईगोल कर्ता अजेस राई घोषित भए । उनले नगद पुरस्कार पाए ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

शिवसताक्षी नगरको शिवगञ्ज बजारमा छड्के अनुगमन

Read Next

यी हुन् रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट झापा ४ मा चुनाव लड्ने ढकाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *