Girl in a jacket
  • February 27, 2021

शिवसताक्षीमा दुर्घटना : एकको मृत्यु , अर्का एक घाइते

झिलझिले / झापाकाे शिवसताक्षी नगरमा शनिबार राति ९ बजे भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ११ बस्ने ३० वर्षीय रमेश बिष्टको बिएन्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका जन-सम्पर्क अधिकारी प्रमिश गिरीले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख ट्राफिक प्रहरी निरीक्षक प्रकाश जवेगुले घटनाको पुष्टि गर्दै दुर्घटनाबाट गम्भीर घाइते भएका विष्टको उपचारको क्रममा बिएन्डसी अस्पतालमा मृत्यु भएको जानकारी दिए । ट्राफिक प्रहरीका अनुसारको २ प ६९७० नम्बरको मोटरसाइकलको ठक्करबाट बिष्ट गम्भीर घाइते भएका थिए ।

उनको साथमा रहेका स्थानीय ईश्वरी तिम्सिना पनि घाइते भएका छन्। बिएन्डसी अस्पतालका अनुसार तिम्सिना खतरामुक्त छन् । विष्ट र तिम्सिना पैदल यात्री हुन् । विपरीत दिशाबाट आएको ट्रकको लाइट जुधेर मोटरसाइकल चालकले पैदलयात्री नदेख्दा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

दुर्घटना गराउने मोटरसाईकल र चालक शिवसताक्षी ७ का १८ वर्षिय सन्तोष देजालाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

प्रधानमन्त्रीको गृहजिल्लामा राजावादीको विशाल प्रदर्शन

Read Next

पतिको निधनपछि सिन्दूर-पोतेसहित घाटबाट फर्केर काजकिरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Holler Box