मन्जिल नेपाल, दुधे / झापाको शिवसताक्षीमा जारी वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता को उपाधी नम्बर ११ ले उचालेको छ । शनिबार भएको खेलमा वडा नम्बर ८ लाई हराउँदै ११ ले उपाधी चुमेकाे हाे ।
पहिलो हाफको इन्ज्युरी समयमा वडा नम्बर ११ का निकेश श्रेष्ठको क्रस पासमा अजेश राइले हेडिङ गोल गर्दै खेलकाे पहिलो खाता खाेलेका थिए । पहिलाे हाफमा वडा नम्बर ११ ले १-० गाेल अन्तरकाे नतिजा निकालेकाे हो ।
निकै प्रतिस्पर्धात्मक भएको खेलमा वडा नम्बर ८ ले पाएको अवसरको सदुपयोग गर्न नसक्दा उपविजेतामा चित्त बुझाउनु पर्यो । दोस्रो हाफको २८ औं मिनेटमा वडा नम्बर ११ ले पुनः गोल गर्दै अग्रता दोब्बर बनाएको थियो । देव मल्लिकको पासमा आकाश पौडेलले गोल गेरेर खेललाइ २-०काे अन्तरमा पुर्याए ।
दोस्रो हाफको ३४ औं मिनेटमा पुन वडा नम्बर ११ ले गोल गर्ने मौका पाए । निरोज श्रेष्ठले डिवक्स बाहिरबाट दिएको पासलाई अजेश राइले हेड मार्फत उत्कृष्ट गाेल गरे। उनकाे याे गाेलले वडा नम्बर ११ ले जित निश्चित बनाउँदै उपाधी चुम्याे ।
आजको खेलको म्यान अफ दि म्याच वडा नम्बर ११ का देव मल्लिक घोषित भए । उनलाई प्रमुख अतिथी देउमान थेबेले पुरस्कार प्रदान गरे । खेलको उत्कृष्ट खेलाडी वडा नम्बर ११ का निकेश श्रेष्ठ भए। उनले २ हजार ५ सय प्राप्त गरे।
खेलमा सर्वाधिक गोलकर्ता वडा नम्बर ९ का सुमन कटुवाल भए। उनले खेलभरीमा ७ गोल गरेका थिए । उनले २ हजार नगद प्राप्त गरे ।
