Girl in a jacket

पछिल्लो अपडेट :

  • June 14, 2021

शिवसताक्षी नगरबाट नेपाल समूहको जिल्ला कमिटीमा को को परे ?

झिलझिले / नेकपा एमाले भित्रको बिवाद चरम उत्सर्गमा बढ्दै जाँदा दुई समूह अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालले आ-आफ्ना  समानान्तर कमिटी गठन गर्न थालेका छन् ।

यसले  दुवै समूहका नेताका कार्यकर्ता आफ्ना समूहमा एकित्रित समेत हुन बल पुगेको  छ ।

नेपाल समूहले ६८ जिल्लामा समानान्तर कमिटि समेत बनाइरहेका छन् । झापा जिल्लामा वरिष्ठ नेता माधवकुमार नेपाल आफैं आएर जिल्ला कमिटीको घोषणा गरे ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा नेपाल समूहको समानान्तर कमिटी गठन भएपछि राजनीतिक तरंग छचल्किएको राजनीतिक विश्लेषकले बताएका छन् ।

यसअघि झापामा १०५ जनाको जिल्ला कमिटी गठन भएको थियो । एमाले र वरिष्ठ नेता माधवकुमार नेपाल झापा आएर त्यो संख्यालाई बढाउँदै ३५१ सदस्यीय जिल्ला कमिटी गठन गरेका हुन् । नेपाल समूहले पछिल्लोपटक २४६ जनालाई जिल्ला सदस्यमा चयन गरेका छन् ।

पर्यटकीय शिवसताक्षी नगरपालिकाबाट १७ जना नेकपा एमाले नेपाल समूहको जिल्ला कमिटीमा परेका छन् । जिल्ला कमिटीमा शिवसताक्षी नगरपालिकाबाट सबैभन्दा धेरै वडा नं ६ बाट मात्रै ४ जना परेका छन् ।

नेपाल समूहका पार्टी इन्चार्ज रवीन कोइरालाका अनुसार बिष्णु खतिवडा,उत्तम घिमिरे, मुक्ति गुरागाईं र सोम गुरागाईं जिल्ला कमिटीमा चयन भएका छन् ।

नेता वडा नम्बर ७ बाट वडाअध्यक्ष नवीन इजम सहित राज सुब्बा र कमल कार्की जिल्ला सदस्यमा चयन भएको समूहका जिल्ला इन्चार्ज कोइरालाले बताए ।
यस्तै वडा नम्बर ८  बाट अग्नि कार्की र खगेन्द्र आचार्य पनि जिल्ला कमिटी सदस्य पदमा चयन भएका छन् ।

वडा नम्बर १० बाट भास्कर सिटौला र दीपक पोख्रेल चयन भएका छन् । वडा नम्बर ४ बाट कमल लामिछाने र वडा नम्बर १ बाट घनश्याम पोखरेल जिल्ला कमिटीमा चयन भएका छन् ।

शिवसताक्षी नगरपालिका वडा नं २ बाट तारा प्रसाद गौतम, प्रेम दुमी राई र शान्तिराम न्यौपाने चयन भएका छन् ।
यता वडा नम्बर ११बाट डाम कुमार कुँवर र नारदमुनि न्यौपाने जिल्ला कमिटी सदस्य पदमा चयन भएका छन् । उनीहरु दुवैजना सामुदायिक विद्यालयका शिक्षक हुन् ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

बाँकेमा दुर्घटना: पाँच जनाको मृत्यु

Read Next

सुरुङ्गामा भेट्रान कप: आयोजकको विजयी सुरुवात

Leave a Reply

Your email address will not be published. Required fields are marked *