Girl in a jacket

नेम्वाङको तर्क : सूर्य चिह्न ओली पक्षकाे

झापा / नेकपा ओली पक्षीय नेता सुभाषचन्द्र नेम्वाङले सूर्य चिह्न आफूहरूले पाउने बताएका छन् । नेकपा स्थायी कमिटी सदस्य समेत रहेका नेम्वाङले पार्टीको आधिकारिता ओली समूहसँगै रहेको ठोकुवा पनि गरे । 

झापाको धुलाबारी स्थित टाउनहलमा बुधबार ओली समूहको झापा १ नम्बर क्षेत्रीय भेलामा बोल्दै उनले नेता कार्यकर्तालाई कुनै चिन्ता नगर्न र सूर्य चिन्ह आफूहरूले हुनेमा ढुक्क रहन आग्रह समेत गरे । 

नेकपाको दाहाल- नेपाल समूहले सडकमा मुख छाडिरहेको र आफुहरु आधिकारिक पार्टी भएकाले संयमतापूर्वक सहेर बसिरहेको उनको तर्क छ। पार्टी विभाजित नभएको बताएका उनले आफूहरु भन्दा बाहिर गएर भौतारिएकालाई कार्वाही नगर्ने पक्षमा पार्टी रहेको उल्लेख समेत गरे। 

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री  मन्त्री भानुभक्त ढकालले चुनाव नगर भन्दै निर्वाचन आयोगमा जाने र विघटित संसद् पुनःस्थापनाको माग गर्नेहरु प्रतिगमेर भएको आरोप लगाए । 

प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य देबेन्द्र दाहाल, हरिचरण बानियाँ, मीना उप्रेती लगायतले विचार राखेका थिए । 

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

देउवाद्वारा पौडेलको माग ठाडै अस्विकार

Read Next

करणी मुद्धाका फरार अभियुक्त पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Holler Box