Girl in a jacket

पछिल्लो अपडेट :

  • June 15, 2021

झापाली समाज दक्षिण कोरियाले दियो शिवसताक्षीलाई स्वास्थ्य सामग्री

दुधे / झापाली समाज दक्षिण कोरियाले शिवसताक्षी नगरपालिकाको अस्थायी कोभीड अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

अस्पतालमा उपचार गराइरहेका संक्रमित र स्वास्थ्यकर्मीको लागि झापाली समाज दक्षिण कोरियाले स्वास्थ्य सामग्री‌ प्रदान गरेको सो संस्थाका नविन बाँस्कोटाले बताए ।

स्वास्थ्य सामग्री वडा नम्बर ११ का वडा अध्यक्ष समेत रहेका कोभीड अस्पताल व्यवस्थापन समितिका संयोजक भैरव कुमार श्रेष्ठलाई बिहीबार प्रदान गरिएको दातृ संस्थाले बताएको छ । सो कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका विद्यार्थी नेता निरोज दुलाल पनि सहभागी थिए । सो संस्थाले सर्जिकल माक्स १३५० , पीपीइ सेट ८ थान सेनिटाइजर ५ बोतल र फेससिल्ड ५० थान प्रदान गरेको थियो ।

शिवसताक्षी नगरको अस्थायी कोभीड अस्पतालमा चारजना संक्रमितको उपचार भइरहेको छ । कोभीड फोकल पर्सन रोशन अधिकारीका अनुसार आजै चारै जना संक्रमित डिस्चार्ज हुँदैछन् ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

नेपाल सधैँ बेलायतको प्राथमिकतामा : महारानी एलिजावेथ

Read Next

युरोकप फुटबल आज रातिदेखि सुरु हुँदै, पहिलो खेलमा टर्की र इटाली भिड्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *