Girl in a jacket

सरकारले बाह्र हजार दिँदा केहि भएन, नगरबाट स्वास्थ्य रक्षक औषधी पाउँदा दंग

जेष्ठ नागरिकका लागि स्वास्थ्य प्रवर्दन कार्यक्रम नगरमा संचालन भइरहेको छ, वृद्ध अवस्थामा मानव शरिरमा आउने परिवर्तनसंगै उत्पन्न हुने शारीरिक तथा मानसिक रोगहरुलाई हटाउन शरिरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धी गर्नका लागि आयुर्वेदीक औषधी सक्षम छ ।

शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा

माइधार / शिवसताक्षी १० की ८१ वर्षीया झुमादेवी सुवेदीले सामाजिक सुरक्षा भत्ता पाउन थालेको ११ वर्ष भयो । नेपाल सरकारले उनलाई मासिक ३ हजार दिदैं आएको छ । चौमासिकमा एकै पटक थाप्दा १२ हजार हुन्छ । उनले भनिन् ‘१२ हजार रुपैयाँ नगदै थाप्दा मनमा अलिकती पनि सुखद् अनुभुती भएको थिएन । तर, कारोना संग लड्न सक्ने क्षमताका एक पोको आयुर्वेदिक औषधी निशुल्क पाउदाँ अझै गोडा दुई एक वर्ष बाच्न सकिने अनुभुती भएको छ ।’

उनको जस्तै अनुभुती ७७ वर्षीय निलकण्ठ निरौलाले पनि गरेका छन् । कोरोना भाईरसले लैजान्छ की भन्ने डर उनलाई छ । घरमा कोहि नयाँ मान्छे आयो भने निरौला माक्स विना घरमा पस्नै दिदैनन् । घरमा सेनिटाइजर पनि उनले राखेका छन् । जीवनको उत्तराद्र्ध सम्म आउँदा कुनै रोगले नछोएको उनले बताए । वृद्ध उमेरका मानिसलाई कोरोना भाइरसको संक्रमण लाग्यो भने मरिन्छ भन्ने भ्रम उनलाई छ । आइतबार रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वैदीक औषधी थापेपछि खुसीले गद्गद् हुदै उनले भने ‘अब, कोरोना सोरोना लागेकै भएपनि यै औषधीले भगाईदिइहाल्छ नी !’

गोमादेवी बराल पनि उमेरले पल्लो छेउ पुगेकी छन् । ९० वर्ष टेकेकी बराल राम्ररी कान नसुन्ने र आँखा नदेख्ने समस्याबाट पीडित छन् । उनले भनिन् ‘संसार हेर्न अझै मन थियो । तर, आँखाले काम दिन छाड्यो ।’ उनको आँखाले पर हेर्दा मधुरो देखिन्छ । ‘आँखा देख्ने र कान सुन्न मदत पुग्ने दबाई भए सबैले बोलेका कुरा सुनेर र पर पर सम्म हेरेर आनन्द लिने थिए,’ उनले भनिन् ।

तराईमा चिसो बढ्न थालेपछि शिवसताक्षी नगरले रोगप्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदीक औषधी निशुल्क प्रदान गर्न थालेको छ । आईतवार शिवसताक्षी नगरपालिका वडा नम्बर १० का ५५ जना वृद्ध वृद्धाले दुधे आयुर्वेद औषधालयले वितरण गर्ने औषधी आफ्नै गाँउमा पाए । शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले प्रत्येक वडामा यो कार्यक्रम लैजाने जानकारी दिएका छन् ।

‘जेष्ठ ‘नागरिकका लागि स्वास्थ्य प्रवर्दन कार्यक्रम नगरमा संचालन भइरहेको छ,’ नगर प्रमुख शेर्माले भने, ‘वृद्ध अवस्थामा मानव शरिरमा आउने परिवर्तन संगै उत्पन्न हुने शारीरिक तथा मानसिक रोगहरु लाई हटाउन शरिरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धी गर्नका लागि आयुर्वेदीक औषधी सक्षम छ ।’

दुधे आयुर्वेद औषधालयका प्रमुख कविराज राजेन्द्र पोख्रेलले आर्थिक रुपमा विपन्न, वृद्धाश्रममा रहेका, अशक्त तथा पिछडिएका जेष्ठ नागरिकलाई यो कार्यक्रमले प्राथमिकतामा राखेको बताए ।

वृद्ध वृद्धाको स्वास्थ्य परिक्षण गर्नुका साथै उनिहरुलाई रसायनजन्य अश्वगन्धा चुर्ण, अमृता चुर्ण र आमलकी चुर्ण तीन प्रकारका आयुर्वेदीक औषधी वितरण गरिएको कविराज पोखेलले बताए । अश्वगन्धा र अमृता चुर्ण राम्ररी तातेको दुधसंग र आमलकी चुर्ण मनतातो पानीसंग सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमता वृद्धी हुने आयुर्वेद औषधालयले बताएको छ ।

परिक्षण गरिएका मध्ये ७५ प्रतिशत वृद्ध वृद्धामा उच्च रक्तचाप, सुगर, हाडजोर्नी तथा नषा र बाथ सम्बन्धी रोग देखिएको दुधे आयुर्वेद औषधालयले जनाएको छ ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

शिवसताक्षीमा जिन्सी अभिलेख तथा प्रतिवेदन सम्बन्धी तालिम सुरु

Read Next

विरोध सभामा शिवसताक्षीबाट मात्रै ५ सय मोटर साइकल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Holler Box