Girl in a jacket

पछिल्लो अपडेट :

  • September 23, 2021

हुन्डीका तीन कोरोबारी नगद सहित पक्राउ

झापा / हुण्डी कारोबारमा संग्लग्न रहेको आरोपमा मोरङ प्रहरीले तीन जनालाई लाखौं रुपैयाँ सहित पक्राउ गरेको छ ।

बिहीबार दिउँसो मोरङको बिराटनगर महानगरपालिका–११ रोडषेस चोकबाट २१ लाख ७१ हजार ५ सय सहित बिराटनगर–१३ का २५ बर्षीय श्रवण साह र रंगेली नगरपालिका–१ की २५ बर्षीया जिज्ञासा चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीले सोधपुछ गर्ने क्रममा उनिहरु संग साथमा रहेको रकम हुण्डी कारोवारबाट प्राप्त भएको खुल्न आएकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताए । सो कार्यमा संग्लग्न बिराटनगर –१३ का ३३ बर्षीय अमृत कुमार साह सुडीलाई समेत पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक राईले बताएका छन् ।

साह र चौधरीको साथबाट प्रहरीले नेपाली रुपैयाँ २१ लाख ७१ हजार ५ सय र भारतीय २३ हजार रुपैयाँ बरामद गरेको थियो । उनिहरुको साथबाट विभिन्न बैंकका चेक पनि बरामद भएका छन् ।

अमृत कुमारको घर कोठा खानतलासी गर्दा मोवायल तथा नगद डिपोजिट रसिद बरामद भएको मोरङ प्रहरीले बताएको छ । प्रहरीले पक्राउ परेका तीनै कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी बुझाएको प्रहरीले जानकारी दिएको छ ।

राईका अनुसार उनीहरूले २०७७ चैत महिनादेखि ह्वाट्सएपमार्फत् हुण्डी कारोबार गर्ने गरेको खुलेको छ। 

‘ह्वाट्सएपमार्फत् नै बैंकमा रकम जम्मा गर्ने चाँजो मिलाउने गरेको र सोको विवरण समेत त्यही माध्यमबाट पठाउने गरेको अनुसन्धानको क्रममा खुलेको छ,’ डिएसपी राईले भने, ‘कारोबारको विवरणबारे अनुसन्धान भइरहेको छ।’ 

हुण्डी कारोबार प्रतिबन्ध छ। खासमा यस्तो कारोबारमा कानुनी रित नपुग्ने भएकाले प्रहरीले कारोबारीलाई पक्राउ गरी राजश्व अनुसन्धान कार्यालयमा बुझाउने गरेको छ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित

Read Next

कमलमा स्कोरपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *