Girl in a jacket

शिवसताक्षीमा दुर्घटना, दुई जनाको मृत्यु (UPDATE)

मृतक पूर्ण कडरिया (प्रितम)

दुधे / झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ९ मा बुधवार साँझ यात्रु बाहक बसले मोटरसाईकललाई ठक्कर दिँदा स्थानीय दुई जना युवकको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत दूधे माइधार सडक खण्डको झरना पुलमा बसले ठक्कर दिँदा बा ५६ प २९५८ नम्बरको मोटरसाइकलमा सवार दुधेका पूर्ण कडरिया (प्रितम) र शिवसताक्षी ११ दुधेका शंकर तामाङ्गको मृत्यु भएको हो ।

घटनामा गम्भिर घाइते भएका उनीहरूकाे बिएण्डसी अस्पताल, बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीले ठक्कर दिने बस र सोका चालकलाई नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

बसको ठक्करबाट सडक यात्रीको मृत्यु

Read Next

प्रदेश १ को प्रदेश सभा बैठक आज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Holler Box