Girl in a jacket

पछिल्लो अपडेट :

  • October 18, 2021

शिवसताक्षीमा कांग्रेस अधिवेशन : सचिव पदका प्रत्याशी अधिकारीले पनि उम्मेदवारी नदिने

दुधे / नेपाली कांग्रेसको आसन्न १४ औं नगर अधिवेशनमा उम्मेदवारी घोषणा गरेका पदम थापा समूहका सचिव पदका प्रत्यासी वेदनिधि अधिकारीले उमेदवारी नदिने घोषणा गरेका छन् ।

यसअघि उनले नेपाली कांग्रेसका शिवसताक्षी नगरका सह सभापति पदम थापा समूहबाट सचिव पदमा उमेदवारी दिने घोषणा गरेका थिए । थापाले उमेदवारी नदिने भएपछि आफूले पनि उमेद्वारी नदिने उनले बताएका हुन् । नेपाली काङ्ग्रेस शिवसताक्षीलाई बलियो बनाउन र एकताको संदेश दिनका लागि आफूले उमेदवारी नदिने पहिलो कारण भएको उनले बताए ।

युवा नेता अशोक बस्नेतको समूहलाई सघाउनका लागि पनि आफु उमेद्वारी नहुने उनले दोस्रो कारण खुलाएका छन् । शिवसताक्षी नगरपालिका वडा नम्बर ९ घर भएका अधिकारीको उमेदवारी फिर्ता र बस्नेत समूहलाई गरेको समर्थनले सो समूहका उम्मेदवारलाई थप वल पुगेको नेपाली कांग्रेसका पुराना नेताले बताएका छन् ।

अधिकारी कृषि र शिक्षा क्षेत्रका उद्यमी हुन् । यसअघि १३ औं अधिवेशनबाट उनी वडा नम्बर ९ को नेपाली कांग्रेस पार्टीको सभापति भएका थिए ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

नैतिकताको आधारमा राजीनामा देऊ -प्रमुख सचेतक मगर

Read Next

यस वर्ष दसैँको टीकाको साइत १०:०२ मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *