Girl in a jacket

शिवसताक्षीमा कोरोना विरुद्धको खोप :भेरोसेल सकिए लगत्तै जोनसन एंड जोनसन पनि भोलि देखि लगाइने

शिवगञ्ज / शिवसताक्षी नगरपालिकामा‌ कोरोना विरुद्धको भेरोसेल भ्याक्सिन सकिएको पर्सिपल्ट जोन्सन नामको अमेरिकन भ्याक्सीन पनि लक्षित वर्गका सर्वसाधारणले पाउने भएका छन् ।

साउन २१ र २२ गते खोप अभियान सञ्चालन हुने शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले बताए । यसअघिका चारवटा खोप केन्द्रबाट खोप सञ्चालन भएको थियो । यसपटक भने एउटा खोप केन्द्र थप गरिएको र कन्काई माई नदी पूर्वको वडा नम्बर ७ र १० का स्थानीयवासीका लागि स्थानीय लालपानी माध्यमिक विद्यालयमा खोप केन्द्र स्थापना गरिएको नगर प्रवक्ता नवीन इजमले बताए ।

लालपानीको केन्द्रमा भने साउन २३ गते खोप सञ्चालन हुनेछ । सरकारले सित्तैमा दिएको खोप लगाउन माई पूर्व लालपानी, टेक्राका स्थानीयले एक हजार बढी खर्च गर्नुपर्ने बाध्यात्मक परिस्थिति देखापरेपछि खोप केन्द्र स्थापना गरिएको वडाअध्यक्ष नवीन इजमले बताए । त्यहाँका स्थानीयले निषेधाज्ञामा यातायातका लागि एक हजारभन्दा बढी रुपैयाँ खर्च गरेर खोप केन्द्रमा खोप लगाउन आउन परेको छ ।

बर्षायाममा माईखोलामा आएको बाढीले गर्दा टेक्रा र लालपानीका स्थानीयवासीका सुरुङ्गा हुँदै खोप केन्द्रमा आउने गरेका छन् । वडा नम्बर ९ र १० का लागि वडा नं ९ को शहरी स्वास्थ्य केन्द्रमा साउन २१ र २२ गते ५० वर्ष देखि ५४ उमेर समूह बीचका आम नागरिकले खोप लगाउन पाउने छन् । यो केन्द्र थप गरिएको हो ।

यस अघि वडा नम्बर ९ र १० का वडावासीले सतासीधाम स्वास्थ्य चौकीको खोप केन्द्रबाट कोरोनाविरुद्धको खोप लगाउँदै आएका थिए । वडा नम्बर १,२र३ का वडाबासीले साविककै खोप केन्द्र धरमपुर स्वास्थ्य चौकीबाट खोप पाउनेछन् । यस्तै वडा नम्बर ४ र ५ का लागि पाँचगाछि स्वास्थ्यचौकी, ६ र ७ का स्थानीय लक्षित वर्गका वडा बासीले प्राथमिक स्वास्थ्य केन्द्रबाट खोप पाउनेछन् ।

८ र ११ का स्थानीय वडाका लक्षित समूहका व्यक्तिले सतासीधाम स्वास्थ्य चौकीबाट खोप पाउने छन् । अमेरिकाबाट आएको यो जोन्सन नामको खोप शिवसताक्षी नगरपालिकामा ३ हजार १ सय जनाले पाउने छन् ।

शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईका अनुसार सतासीधाम स्वास्थ्यचौकीबाट ६ सय, शहरी स्वास्थ्य केन्द्र यलम्बर चोकबाट ६ सय , शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रबाट ६ सय ५०, स्वास्थ्यचौकी धरमपुर बाट ७ सय, पाँचगाछी स्वास्थ्य चौकी बाट ४ सय र लालपानी माध्यमिक विद्यालयको घुम्ती खोप केन्द्रबाट १ सय ५० गरेर ३ हजार १ सय जनाले खोप पाउने छन् ।

यो पटकको खोप वैदेशिक रोजगारमा जानेले भिषा लागेको पेपर, शारीरिक अपांगता भएकाले पनि आफ्नो परिचय पत्र लिएर आए खोप पाउने भएका छन् । स्थानीयवासीले यसअघिको भेरोसेल अनियमित ढंगले लक्षित उमेर समूह बाहिरका मानिसलाई लगाएको भन्दै कटाक्ष गरेका थिए ।

शिवसताक्षीमा निजी स्तरमा काम गर्ने स्वास्थ्यकर्मीले पनि खोप् नपाएकोमा असन्तुष्ट व्यक्त गरेका छन् । नगरपालिकाको स्वास्थ्य शाखासँग आक्रोश पोख्दै निजी स्तरका स्वास्थ्यकर्मी नवीन खड्काले भने ‘सरकारी स्वास्थ्यकर्मी भन्दा निजी स्तरका स्वास्थ्यकर्मी कोरोनाको बढी जोखिममा छन् ।

अनि उनीहरूलाई राज्यले दिएको खोपमा किन वञ्चित गरियो ?’ माइधारका भीम सुवेदीले पनि खोप नपाएकोमा गम्भीर असन्तुष्टि पोखेका छन् । ‘जनप्रतिनिधिका छोराछोरी श्रीमती समेतले पाउँदा हामी निजी स्तरका स्वास्थ्यकर्मीले राज्यले दिएको खोप किन नपाउने ?’ उनले भने ।

स्थानियबासीको गुनासोको बुधबार नगर स्तरीय सर्वदलीय तथा कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकमा पनि सुनुवाई भएको थियो । यसअघिको कोरोना नियन्त्रण तथा व्यवस्थापन समन्वय समितिको बैठकले गरेका निर्णय अक्षरशः पालना नगर्दा सर्वसाधारणको गुनासो बढेको नगरप्रमुख चन्द्रकुमार शेर्माले बताए ।

यसअघिको निर्णयमा लक्षित उमेरसमूह भन्दा बाहिरका नागरिकलाई खोप लगाउन वञ्चित गर्ने निर्णय गरेको थियो । ‘अबको खोपमा एक रति पनि अनियमितता हुन दिइने छैन । सर्वसाधारणको गुनासो जस्तो जनप्रतिनिधि र स्वास्थ्यकर्मीले अनियमितता गरेको पाइए कारबाही हुनेछ,’ नगरप्रमुख शेर्माले भने ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

सङ्क्रमितले भरिए झापाका अस्पताल

Read Next

ओली सरकारले गठन गरेकाे आयोग देउवाले विघटन गरेपछि सुकुम्बासी ट्वाल्ल

Leave a Reply

Your email address will not be published. Required fields are marked *