Girl in a jacket

वडा स्तरीय भेट्रान प्रतियोगिताको उपाधि मुसाफिर ११ ले उचाल्यो

मन्जिल नेपाल
दुधे /
झापा शिवसताक्षीमा जारी छैटौ वडा स्तरीय भेट्रान प्रतियोगिताको उपाधि मुसाफिर ११ ले जीतेको छ ।

दोमुखा पर्यटकीय विकास संस्थालाई १–० गोलअन्तरले हराउँदै मुसाफिर ११ ले उपाधि हात पारेको हो । मुसाफिर ११ का सुरेश मगरको पासमा गोन्जालु लिम्बुले हेडिङ्ग गरी गोल गर्न सफल भएका थिए । उपाधि हात परेसँगै मुसाफिर ११ ले नगद २५ हजार सहित मेडल, ट्रफी प्राप्त प्राप्त गरेको छ ।

त्यस्तै उपविजेता दोमुखा पर्यटकीय विकास संस्थाले नगद १८ हजार सहित मेडल ट्रफी प्राप्त गरेको आयोजक केएनके स्पोर्टिङ्ग क्लबका अध्यक्ष डिगम पराजुलीले जानकारी दिए । त्यसैगरी आज भएको उद्घाटन खेल शिवसताक्षी १० का राजमार्ग उत्तर र राजमार्ग दक्षिणका महिला खेलाडीहरु बीच भएको थियो ।

उक्त खेलमा राजमार्ग उत्तरको टिमले राजमार्ग दक्षिणलाई १–० गोल अन्तरले हराउँदै विजयी भएको आयोजकले जनाएको छ । प्रतियोगितामा शिवसताक्षी नगरपालिका वडा नं. १० का १० टिमले सहभागिता जनाएको थियो । प्रतियोगिता आवश्विन १३ गतेबाट सुरु भएको थियो ।

कमेन्ट गर्नुस्

admin

Read Previous

शिवसताक्षीमा फुटबल : वडा नम्बर ११ बन्याे च्याम्पियन

Read Next

प्रमुख दलका यी महिला चुनावी मैदानमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *